Alag Dhar

संविधानको उपलब्धीबारे परिसम्वादचौतारा अस्पतालमा फिजियोथेरापी सेवा पुनः

चौतारा/ केशव अधिकारी सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको चौतारा अस्पतालले फिजियो थेरापी सेवा सञ्चालनमा ल्याएको छ । २०७२ को विनासकारी भुकम्प पश्चात ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थपानको लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गर्न सफल भएको हो ।
शुक्रबार चौतारा अस्पतालमा एक कार्यक्रमको बिच चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् । सो सेवाप्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख सापकोटाले फिजियोथेरापी संगै सिंगो अस्पतालले दिने सेवामा पनि गुणस्तरमा बृद्धि गर्न अस्पताललाई आग्रह गरेका छन् । उनले भने “हामीहरुको चाहना भनेको समस्यामा परेका बिमारीहरुले समयमा नै सेवा लिन सकुन् भन्ने हो ।” यसको लागि अस्पतालको जनशक्तिको श्रम र परिश्रम साथै समय व्यवस्थापन महत्वपूर्ण हुन्छ । सेवामा लाग्दै गर्दा कर्मचारीको वैयक्तिक बिकास संगै संस्थागत बिकासमा टेवा पुग्ने बताए । सापकोटाले प्रदेश सरकारको मापडण्डमा रहेर स्थानीय सरकारले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट नगरपालिका कतै पछि नहट्ने भनि सदैव साथसहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले चौतारा अस्पतालले सिङ्गो जिल्लाको मनोबैज्ञानिक र शारिरिक स्वास्थ समस्याहरु समाधान गर्नमा अग्रसर हुदै प्रभावकारी सेवा प्रवाहमा जुट्न अस्पलालको सम्पूर्ण टिमलाई आग्रह गरेका छन् । नगरप्रमुखले फिजियो संगै आयुर्बेद सेवालाईपनि संगै जोडेर लैजान सके झनै प्रवाहकारी हुने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा चौतारा सँगाचोकगढी नगरपालि वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले विगतमा चौतारा अस्पतालले दिएको फिजियोथेरापी सेवा प्रभावकारी रहेको भन्दै आगमी दिनमा समेत यसको महत्वलाई समुदायस्तरसम्म पु¥याउन अस्पताललाई आग्रह गरे । उनले चौतारा अस्पतालबाट प्रदान गर्ने सेवा सुविधाहरु विस्तारै वृद्धि हुदैं गईरहेको समेत उल्लेख गरे । अहिले चौतारा अस्पतालका कर्मचारीहरुबाट सेवाग्राहीले सन्तुष्ट हुनेगरि सेवा लिन पाएको चर्चा गरेका थिए ।
त्यस्तै जनस्वास्थ कार्यालय सिन्धुपाल्चोकका कार्यलय प्रमुख दुर्गा बजगाईले समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवादिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरु आईरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको भूमिका रहनुपर्ने भनि नगरप्रमुखको ध्यानकर्षण गराइकी थिइन् ।
चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले प्रदेशकै नमुना अस्पताल बनाउने अभिप्रायकासाथ हामी लागिपरेको भन्दै यसमा सवैको साथ र सहयोग आवश्यक रहेको सुनाए । उनले अव छिट्टै डाइलासिस सेवा पनि सञ्चालनमा ल्याउन लागिरहेको समेत जनाकारी गराए ।
कार्यक्रमका सभापति तथा अस्पताल संचालन तथा विकास समितिका अध्यक्ष टंक बहादुर कार्कीले अस्पतालको विकासका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनका अनुसार चिन सरकारको सहयोगमा निर्मित सुविधा सम्पन्न भवनबाट छिट्टै नै सेवा दिनेगरि लागिपरेको बताए ।
विशेष गरी फिजियोथेरापीबाट हड्ी खिइएको, नसा च्यापिएको, मा‌ंसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विजयकुमार साहले वताए । उनका अनुसार हाडजोर्नी, नशा तथा मांशपेशीका विरामीहरुलाई फिजीयोथेरापी प्रभावकारी हुनेछ ।
चौतारा अस्पतालले हाल बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरिएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई सहज रुपमा सेवा दिनको लागि सामाजिक सेवा एकाईको स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरसहित १३ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउँछन् । अस्पतालवाट सामान्य जाँच सेवा, मुख तथा दन्त सेवा , आकस्मिक सेवा , बिरामी भर्ना सेवा, निदानात्मक सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, यू. एस. जी. सेवा, इ.सि.जी. सेवा, प्रसुति सेवा ,मातृशिसु स्वास्थ्य तथा परिवारनियोजन सेवा, २४ सै घण्टा अस्पताल फार्मेसी सेवा, खोप सेवा, सुरक्षित गर्भपतन सेवा, क्षय तथा कुष्ठ रोग उपचार सेवा, मेडिको लिगल सेवा, ज्क्ष्ख्रब्क्ष्म्क् त्भकतष्लन ऋयगलकभििष्लन, एम्बुलेन्स सेवा, सामाजिक सुरक्षा स्वास्थ्य बीमा कार्यक्रम, एकद्धार संकट व्यवस्थापन केन्द्र, सामाजिक सेवा ईकाइ, विशेषज्ञ चिकित्सकवाट मानसिक स्वास्थ्य सम्वन्धी विशेषज्ञ क्लिनिक, विशेषज्ञ चिकित्सकवाट अस्पतालमा नाक, कान, घाँटी, (भ्ल्त्) विशेषज्ञ सेवा संचालन, आकस्मिक प्रसुति शल्यक्रिया सेवा, सुरक्षित प्रसुति सेवा, लगाएका सेवाहरु उपलव्ध गराउदै आइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले वताए ।
सरकारले उपलब्ध गराएको ९८ प्रकारका निःशुल्क औषधि कहिल्यै कमी हुन नदिने र एक हजारभन्दा बढी प्रकारका औषधी अस्पतालको फार्मेसीमा पाइने व्यवस्था मिलाइएको अस्पताल प्रशासनको भनाइ छ । अस्पताललाई सरकारले दिने बजेट नियमितभन्दा बढी छैन । अस्पताल टिमको मिहिनेतले १५ बेडको सरकारीस्तरमा चौतारा अस्पताल देशकै पहिलो बनेको छ । सरकारी मूल्यांकनमा गत वर्ष ८९ प्रतिशत ल्याएको यो अस्पतालले यस वर्ष ९२ प्रतिशत स्कोर हासिल गरेर देशकै पहिलो बनेको हो ।

मुख्य समाचार

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.