Alag Dhar

ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने

१३ कात्तिक, काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो ।

यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए । ‘ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने,‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’

सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लंघनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदैछ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।

सूचना प्रविधि केन्द्रले आफ्नो यदि नागरिक एपमा सवारी चालक अनुमति पत्र लिंक गर्न चालकहरुलाई अनुरोध गरेको छ ।

मुख्य समाचार

मकवानपुर बाट ३ हजारभन्दा बढी कर्मचारी खटिँदै

मकवानपुर बाट ३ हजारभन्दा बढी कर्मचारी खटिँदै

मकवानपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा निर्वाचन क्ष...
विसं २०८३ को पात्रो(पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

विसं २०८३ को पात्रो(पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

मकवानपुर । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधि...
आज विदेशी मुद्राको भाउ कति?

आज विदेशी मुद्राको भाउ कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकक...
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा २०८१ ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.