Alag Dhar

Day: २०८० कार्तिक १३, सोमबार १६:१५

ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने

ट्राफिक चेकिङमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउँदा हुने

१३ कात्तिक, काठमाडौं । अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेकजाँचका क्रममा मान्यता दिन थालिएको हो । यसका लागि प्रहरी प्रधान कार्यलयले मातहतका ट्राफिक कार्यालयहरुलाई परिपत्र गरिसकेको केन्द्रका एक अधिकारीले बताए । ‘ट्राफिकले जाँचका क्रममा कारवाही गर्नुपर्दा नागरिक एपमा देखाइएको लाइसेन्सले काम गर्दैन,’ एक अधिकारीले भने,‘तर, सक्कल लाइसेन्स नबोकेको अवस्थामा देखाउनका लागि मात्रै हो भने नागरिक एपमा आफ्नो लाइसेन्स देखाउँदा पनि हुन्छ ।’ सरकारले नागरिक एपमै दर्ता भएका सवारी…
Read More
बागमती सरकारले दियो संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

बागमती सरकारले दियो संघीय सरकारविरुद्ध सर्वोच्चमा रिट

१३ कात्तिक, काठमाडौं । संघीय सरकारले बनाएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको छ । संघीय संसदबाट पारित भएको उक्त ऐनमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन गर्ने निकाय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण संघीय सरकार अन्तर्गत राख्ने व्यवस्था छ । संविधानमा नै यातायात व्यवस्थासम्बन्धी अधिकार प्रदेश सरकारलाई रहेकाले उक्त प्राधिकरण आफू मातहत हुनुपर्ने बागमती सरकारको दाबी छ । बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका छन् । संविधानसँग बाझिएका ऐन खारेजीको माग राखेर दिएका निवेदनहरु सोझै संवैधानिक इजलासमा सुनुवाइ हुने व्यवस्था…
Read More

मालिकादेवी कपकाे उपाधि रोयल फेमिली चौतारालाई

मेलचौर युवा जागरण समाजद्वारा आयोजित तेस्रो संस्करणमाको मालिकादेवी कप सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली चौताराले जितेको छ। शुक्रबार सम्पन्न फाइनलका खेलमा रोयल फेमेली चौताराले महाङ्काल भुमि तामाङ समाजलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो। जितमा दुबै गोल क्रिश सापकोटाले गर्नु भएको थियाे।उक्त खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजारसहित ट्रफी प्राप्त गर्नुभयाे। फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री युवराज दुलालले विजयी टिमका खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गर्नु भयो। गत असोज २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.