Alag Dhar

नगरसभापछि प्रशन्न देखिएका मेयर सापकोटा

जिल्लाको १२ स्थानीय तहमध्ये राजनीतिको केन्द्रमा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले आइतबार आर्थिक वर्ष ०८१/०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत ग¥यो । १६ औँ नगरसभामा उपमेयर सीता थापाले लामो भाषण गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सभामा भएका सबै जनप्रतिनिधि, कर्मचारी, पत्रकार र प्रतिनिधिमूलक मानिसले चुपचाप थापाले वाचन गरेको दस्तावेज सुनिरहे ।

बिगतभन्दा नगरसभा शान्त र आसावादी देखिन्थ्यो । किनकि, सबै जनप्रतिनिधि नीति तथा कार्यक्रमबाट सन्तुष्ट र एकमना एकतासहित सहभागी भएजस्तो देखिन्थे । नगरप्रमुख कृष्णप्रसाद सापकोटा प्रशन्न मुद्रामा थिए । सायद, उनको स्वच्छता, पारदर्शिता र केही गरौँ भन्ने हुट्हुटीमा सहयात्री उपप्रमुख, वडाध्यक्षहरु, सबै सदस्य र कर्मचारी एउटै डुंगा चढ्न सहमत थिए ।

नीति तथा कार्यक्रमलाई मसिन्याएर ठोस गर्न सभालाई २६ गतेसम्म स्थगन गरेका सापकोटाले सम्बोधनका क्रममा भने, मेरो (हाम्रो) उद्देश्य समृद्ध नगर बनाउनुबाहेक अर्को छैन । ‘पहिलो वर्ष अनुभव थिएन केही कमजोरी भयो । दोस्रो वर्ष सुधार गरियो । तेस्रो कार्यकाल सबै अनुभवका आधारमा सोचविचार गरेर नीति तथा कार्यक्रम ल्याएका छौँ,’ उनले दाबी गरे । मेयर सापकोटा जिल्लाको हकमा सबैभन्दा पाका र राजनीतिक संघर्षले खारिएका स्थानीय तहका प्रमुख हुन् । १० वर्षे जनयुद्धकालमा पनि उनलाई हक्की र प्रष्ट नेताको रुपमा चिन्ने गरिन्थ्यो । चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका १४ वडालाई दामासायी एक-एक करोड विनियोजन गरिएको उनले बताए ।

‘वडाध्यक्षज्यूहरुले नगरमा बजेट राख्नपर्छ भन्नुभयो । यसको अर्थ के हो भने मैले सबै बजेट खुला किताबझैँ पारदर्शी बनाउने कोशिस गरेको छु,’ उनले भने । नीति, कार्यक्रम र बजेटको परम्परावादी प्रवृत्तिलाई भत्काएर जनतामुखी बनाउने कोसिस गरिएको उनले प्रष्ट्याए । धेरै मिहिनेत गरेर पारदर्शीता अपनाएर समृद्धि हासिल गर्ने अभियानमा दिनरात खट्दा पनि बेरुजु रकमलाई भ्रष्टाचार ग¥यो भनेर प्रचारबाजी भएकोमा उनले आपत्ति जनाए ।

उनले अगाडि थपे, ‘नगरको प्रगति र समृद्धिबाहेक मेरो कुनै स्वार्थ छैन । इतिहासमा जनताले मेरो मूल्यांकन अवश्य गर्नेछन् । नगरसभाले एक अर्ब २४ करोड २० लाख ४७ हजार आय र एक अर्ब २६ करोड ११ लाख ६१ हजार रुपैयाँको अनुमानित वार्षिक आयव्यय छलफलका लागि पेश गरेको छ । एक करोड ९१ लाख १४ हजार रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको चौसाँगढी नगरले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई आधार खम्बा मानेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.