
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरि कुण्डबाट शुरु गरिएको महिला ट्रेल र्समा खोटाङकि निर्मला राई प्रथम भएकी छिन् । २८ किलोमिटर लामो उक्त रेस २ घण्टा २८ मिनेटमा पूरा गर्दै राई प्रथम भएकी हुन् ।
पहाडी बाटोमा भएको उक्त रेस २ घण्टा ४९ मिनेटमा पार गर्दै ओखलढुंगाकि लाक्पा निङ्मा शेर्पा दोस्रो र २घण्टा ५८ मिनेटमा पार गर्दै सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङ तेस्रो भएकी हुन् ।
यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी रेसमा महिलातर्फ मञ्जु रावतले २ घण्टा ५२ मिनेटमा पार गरेकी थिइन् । आज सम्पन्न रेसमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् ।
महिलाहरुको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसि संस्थाकि माया गुरुङले बताइन् ।
प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकि अस्मिता भुजेलले ३ घण्टा ११ मिनेटमा र रोल्पाकि आश्मा विकले ३ घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चौथो र पाँचौ भएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो , तेस्रो , चौथो र पाँचौ हुनेले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद क्रमशः ५० हजार, ,२५ हजार ,१५ हजार, १० हजार र ५ हजार समेत प्राप्त गरेका छन् ।