२०८१ कार्तिक ४, आईतवार ११:४६
२०८१ कार्तिक ४, आईतवार ११:४६
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरि कुण्डबाट शुरु गरिएको महिला ट्रेल र्समा खोटाङकि निर्मला राई प्रथम भएकी छिन् । २८ किलोमिटर लामो उक्त रेस २ घण्टा २८ मिनेटमा पूरा गर्दै राई प्रथम भएकी हुन् । पहाडी बाटोमा भएको उक्त रेस २ घण्टा ४९ मिनेटमा पार गर्दै ओखलढुंगाकि लाक्पा निङ्मा शेर्पा दोस्रो र २घण्टा ५८ मिनेटमा पार गर्दै सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङ तेस्रो भएकी हुन् । यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी रेसमा महिलातर्फ मञ्जु रावतले २ घण्टा ५२ मिनेटमा पार गरेकी थिइन् । आज सम्पन्न रेसमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन्…