Alag Dhar

राजनीतिक दलभन्दा माथी उठौंः स्वास्थ्य मन्त्री थापामगर

सिन्धुपाल्चोक : बागमती प्रदेश सकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न राजनीतिक दलभन्दा माथि उठ्न जरुरी रहेको बताएका छन्।

सिन्धुपाल्चोकको चौतारामा सोमबार बागमती प्रदेश अन्तर्गत रहेको चौतारा अस्पतालमा आँखा ‍उपचार शाखा एवम् मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्ष स्थापनाको उद्घाटन गर्दै मन्त्री थापा मगरले सबै राजनीतिक दलले स्वास्थ्य सेवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। ‘यो प्रादेशिक अस्पताललाई सुधार गर्दै सेवा विस्तार गर्न सक्दा सिन्धुपाल्चोक भरका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिन्छ’, उनले भने– ‘त्यसका लागि यहाँका राजनीतिक नेतृत्व, जनप्रतिनिधिले राजनीतिक दलभन्दा माथि उठेर सहयोग र चासो दिन जरुरी छ।’

चौतारा अस्पताल ५० शय्यामा सञ्चालन हुनु सिन्धुवासीको गौरवको विषय रहेको बताउँदै मन्त्री थापामगरले जिल्लाभरका आम नागरिकलाई स्वास्थ्य सेवामा जोड्ने र प्रादेशिक अस्पतालको स्तरोन्नति गर्दै गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेमा जोड दिए। ‘अब यहाँका १२ वटै स्थानीय तहलाई चौतारा अस्पतालसँग जोड्न सरोकारवालाहरु बीच छलफल सुरु गर्नुपर्दछ’, उनले भने– ‘यो अस्पताललाई दक्ष जनशक्ति, स्वास्थ्य औजार र विशेषज्ञ सेवा विस्तार गर्न बागमती प्रदेश सरकार सहयोग गर्न तत्पर छ।’

अस्पताललाई १ सय शय्या बनाउन प्रयत्न गरिए पनि भूगोल र जनसंख्याको आधारबाट तत्काल सम्भव नभएको बताउँदै उनले अस्पतालले सेवा विस्तार गर्ने, अस्पताल सुधारमा जोड दिने, गुणस्तरीय सेवा प्रदान गर्ने हो भने केही समयपछि त्यसको शय्या थप गर्न प्रयत्न गर्न सकिने बताए। स्वास्थ्य क्षेत्रमा तीनै तहले बजेट विनियोजन गरेको भएपनि तीन तह तीनतर्फ फर्कँदा नागरिकले स्वास्थ्य सेवामा पहुँच राख्न नसकेको मन्त्री थापामगरले बताए। तीनवटै सरकार जोडिएर काम गर्न सके स्वास्थ्य सेवामा नागरिकको पहुँच पुर्‍याउन सकिने उनको धारणा थियो।

स्वास्थ्यकर्मीहरुले मुस्कानसहितको सेवा दिन सके केही हदसम्म रोकको निदानमा सहयोग पुग्ने भन्दै मन्त्री थापामगरले स्वास्थ्य केन्द्रलाई रिफर सेन्टरको रूपमा मात्रै उभ्याउन नहुने बताए। स्वास्थ्य बिमालाई विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री थापामगरले स्थानीय सरकारले त्यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए।

मुख्य समाचार

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

निजी क्षेत्र देशको ‘आर्थिक इन्जिन’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई देशको ‘आर्थिक इन्जिन’का रूपमा हेर्न...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.