Alag Dhar

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोक — सोमबार जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् ।

ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । ‘बाँकी घाइतेको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ, बोलेरो चालक प्रहरीले नियन्त्रणका लिएको छ,’ ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने ।

स्वास्थ्यकर्मीका अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको स्थानीयले बताएका छन् । ब्रेक फेल भएका कारण दुर्घटना भएको घाइतेको भनाइ छ ।

 

मुख्य समाचार

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक ग...
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् ।...
२३ जिल्लामा बाढीको जोखिम

२३ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं ।  आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, का...
एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

एकछिन घाम लागे पनि फेरि पानी पर्ने सम्भावना

काठमाण्डौं ।  काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । काठमाण्डौसहित धेरै ठाउँमा अहिले घ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.