Alag Dhar

Day: २०८२ बैशाख १५, सोमबार ११:५९

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

सिन्धुपाल्चोक — सोमबार जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् । ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । ‘बाँकी घाइतेको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ, बोलेरो चालक प्रहरीले नियन्त्रणका लिएको छ,’ ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने । स्वास्थ्यकर्मीका अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.