Alag Dhar

दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

मकवानपुर । सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ ।

मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।

यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गर्नुभयो । “दसैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए । यात्रुहरूले धेरै सास्ती भोग्नुपर्‍यो, तर हामीले २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम गर्‍यौँ । हाल बाटो सहज भइसकेको छ”, उहाँले भन्नुभयो ।

हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । यसबाहेक ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ । विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको विभागले जानकारी दिएको छ ।

करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानीपुल बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो । ठोरी, भण्डारा–मलेखु, गल्छी– त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ ।

यस्तै, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा यातायात अवरुद्ध रहेको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.