Alag Dhar

Day: २०८२ आश्विन १२, आईतवार ०७:१३

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मकवानपुर । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार राति ११ बजे घरदेखि एक किलोमिटर दूरीमा रहेको खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलामाथि आक्रमण गरेको थियो । रातिको समयमा आक्रमण गरेको महिलाको घटनास्थलमा मृत्यु भएको हो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थल मै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणि पौडेलले बताउनुभयो । शवलाई आइतबार पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । मृतक खत्रीको श्रीमान् चित्रबहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुनुहुन्छ । उहाँका…
Read More
आज  पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना

मकवानपुर । आज कोशी र बागमती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा मौसम साधारणतया बदली रहने छ । बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । त्यस्तै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी…
Read More
निरन्तर उकालो: सुनचाँदीको मूल्यले उपभोक्ता हैरान

निरन्तर उकालो: सुनचाँदीको मूल्यले उपभोक्ता हैरान

मकवानपुर । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु. ७०० र त्यति नै तौलको चाँदी रु. ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु. दुई हजार ८१० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.