Alag Dhar

बीपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन

मकवानपुर ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको चौकीडाँडा खण्डको सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

रोशी खोलाले बगाएको सडकको अनुगमन गर्न पुग्नुभएका मन्त्री घिसिङले सङ्घीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उहाँले सडक विभाग र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा जानुभएका मन्त्री घिसिङले बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गर्नुभयो । बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो ।

गत वर्षको बाढीले बिपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुएको थियो ।

उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्णरुपमा बगाएको थियो।

गत वर्षको बाढीले क्षति पुर्‍याएको सडक स्थायीरुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । केही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.