Alag Dhar

उच्च ज्वरो र स्क्रब टाइफसले दुईको मृत्यु

 

मकवानपुर ।स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

दुवै जनाको उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख डा. अर्जुन बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गजेन्द्र केसीलाई सुरुमा जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि बागचौरस्थित एक मेडिकलमा उपचार गरिएको थियो । तर औषधी सेवन गरेपछि उच्च ज्वरो नघटेकाले श्वास प्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो ।

लक्षणअनुसार परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको र ल्याएको केही समयमै अवस्था गम्भीर भएपछि नेपालगन्ज रेफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा उहाँको मृत्यु भएको बताइएको छ ।

डा। बुढाका अनुसार “पछिल्लो समयमा सल्यानमा स्क्रब टाइफसका बिरामी बढिरहेका छन् । धेरै जना उपचारपछि घर फर्किएका छन् । तर समयमै रोग पहिचान नभएकाले केसीले अकालमा ज्यान गुमाउनु परेको छ ।”

कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन महिनामा मात्र ७० जनाले जिल्ला अस्पताल सल्यानमा स्क्रब टाइफसको उपचार गराएर निको भएका छन् । डा। बुढाले भन्नुभयो, “अहिले सल्यानमा स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ । लगातार केही दिनसम्म उच्च ज्वरो र शरीर दुख्ने समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर रगत परीक्षण गराउनुपर्छ ।”

यस्तै, दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार दुवाङ्गकी खत्रीको उच्च ज्वरोका कारण जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको हो । “उहाँमा स्क्रब टाइफसजस्ता लक्षण देखिएको थियो । तर परीक्षणबाट पुष्टि भएको छैन” उहाँले भन्नुभयो ।

बस्नेतका अनुसार पालिकाभित्र हाल मौसमी ज्वरोका बिरामी बढिरहेका छन् । पालिकामै रगत परीक्षणको सुविधा नहुँदा उपचारमा समस्या आइरहेको छ । पछिल्लो समयमा देखिएका जटिल ज्वरोका घटनाबारे जानकारी आदान–प्रदान गर्न जिल्ला अस्पताल सल्यानले पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

मुख्य समाचार

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले भौतिक पूर्वाधारसंगै शिक्षा र खेलकुद क्षेत्रमा गरेको क्रियाकलाप अनुशरण योग...
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.