Alag Dhar

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

मकवानपुर ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीहरूलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्य सूची अनिवार्य राख्न पुनः निर्देशन गरेको छ ।

विभागले नियमित बजार अनुगमनका क्रममा धेरैजसो सामानहरूमा एमआरपी र मूल्यसूची नराखेको पाइएको भन्दै राख्नका लागि आग्रह गरेको हो ।

विभागका अनुसार विशेषगरी तिहारको समयमा अत्यधिक खपत हुने भाइ मसला, तामा–चाँदीका भाँडाकुँडा, झिलिमिली बनाउने विद्युतीय सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा एमआरपी लेबल वा मूल्य सूची नराखिएको पाइएको छ ।

यस्तो अवस्थाले उपभोक्ताहरूलाई ठगिन सक्ने र बजारमा मूल्य अनियमितता बढ्ने जोखिम रहने विभागको भनाइ छ ।

विभागले चाडपर्वको अवधिमा माग र आपूर्तिबीच सन्तुलन कायम राख्दै मूल्य स्थिरता कायम गर्न लागिपरेको बताएको छ । यस प्रयासमा व्यापारिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी संघ–संगठन तथा स्वयं उपभोक्ताहरूको सक्रिय भूमिका अपरिहार्य रहेको विभागले जोड दिएको छ ।

उपभोक्ताहरूलाई पनि सचेत भई खरिद गर्न विभागले आग्रह गरेको छ । कुनै पनि वस्तु खरिद गर्नुअघि त्यसको अधिकतम खुद्रा बिक्री मूल्य लेबलमा भए–नभएको वा मूल्य सूची स्पष्ट राखिएको भए–नभएको यकिन गरेर मात्र खरिद गर्न स्मरण गराइएको छ ।

यदि बजारमा कुनै गुनासो वा मूल्य अनियमितता पाइएमा उपभोक्ताहरूले विभागको टोल फ्री नम्बर ११३९ मा सिधै सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.