Alag Dhar

अनलाइनबाटै नागरिकता सिफारिस

मकवानपुर ।  जिल्ला प्रशासन कार्यालय दैलेखले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । गत असारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिसको व्यवस्था गर्न गृह मन्त्रालयले परिपत्र गरेपनि असोजबाट उक्त सेवा सुरु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेवाग्राहीले वडाबाट नागरिकताको सिफारिस गरेर ल्याउने र जिल्लामा आउँदा कागजपत्र नपुगेर दुःख पाउने गरेकाले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस सुरु गरेको बताउनुभयो । उहाँले सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाउन लागिएको छ ।”

वडा कार्यालयले नागरिकताको सिफारिस गरेको खण्डमा बिग्रेको अवस्थामा समेत जिल्ला प्रशासन कार्यालयले सच्चाएर नागरिकता प्रदान गर्न सक्ने प्रजिअ गैह्रेले बताउनुभयो। उहाँले भन्नुभयो, “सेवाग्राहीले नागरिकताका लागी वडामा अनलाइन फारम भर्न बित्तिकै जिल्ला प्रशासनमा सबै प्रमाण पुग्ने र सेवाग्राही जिल्ला प्रशासन पुग्ने बित्तिकै नागरिकता प्राप्त हुनेछ ।”

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषि उपाध्यायले अनलाइनमार्फत नागरिकताको सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो हुने बताउनुभयो । उहाँले जिल्लाका ११ स्थानीय तहका ९० वडा बाट कार्तिक सम्म सेवा सुचारु गरिसक्ने बताउनुभयो । उहाँले भन्नुभयो अनलाइन बाट नागरिकताको सिफारिसको व्यवस्था मिलाउनका लागी ११ वटै स्थानीय तहका सूचना प्रविधि अधिकृतलाई जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजना र नारायण नगरपालिकाको समन्वयमा उक्त तालीम प्रदान गरिएको छ ।

अनलाइन मार्फत नागरिकता सिफारिस सम्बन्धी तालीममा बोल्दै नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नारायण नगरपालिका सबै वडामा इन्टरनेटको व्यवस्थाका लागी नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुर्खेत सँग समन्वय भइरहेको र वडामा आवश्यक पर्ने उपकरणको समेत व्यवस्था गर्न आवश्यक बजेट विनियोजन भएको बताउनुभयो । उहाँले तत्काल नारायण नगरपालिकाका ११ वटा वडा मध्ये ८ वडा बाट अनलाइन मार्फत नागरिकता सिफारिस हुने बताउनुभयो ।

मुख्य समाचार

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

देउवासँगै आरजु र जयवीर नेपाल नआउने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन् । हङकङबाट गत शुक्रबार थाइल्यान्डको राजधानी...
पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेट : ५५ वर्षमा ५ हजार खेल पूरा

पुरुष एकदिवसीय क्रिकेटले ५५ वर्षको अवधिमा ५ हजार खेलको कोशेढुङ्गा पार गरेको छ । गएको शुक्रवार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान...
उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि एआईको प्रयोग गर्दै : प्रतिवेदन

उत्तर कोरियाली ह्याकरहरूले आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरिरहेका दक्षिण कोरियाली साइबर सुरक्षा कम्प...
वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

वर्षौँदेखि बन्द हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

काठमाण्डौ । वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ । नेपाली सेनाको नेतृत्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.