Alag Dhar

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

काठमाण्डौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ ।

मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो । खेलको ८४औ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले भीएआर समीक्षापछि रातो कार्ड पाए ।

इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि १० खेलाडीमा सीमित भयो । जीतसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यसै समूहअन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकियाबीच नेपाली समयअनुसार अहिले बिहान ७:४५ बजे प्रतिस्पर्धा हुदैछ ।

मुख्य समाचार

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण आइतवारदेखि

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतवार जेठ ३१ गतेदेखि हुने भएको छ । भर्खरै भारतको ३ दिने भ्रमण सकेर फ...
देशभर वर्षा, तापक्रम घट्यो

देशभर वर्षा, तापक्रम घट्यो

काठमाण्डौं । देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको...
विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.