Alag Dhar

नेप्से परिसूचक १९.४३ अङ्कले घट्यो

मकवानपुर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.४३ अङ्कको गिरावट आएको छ । साताको तेस्रो दिन (मङ्गलबार) बजार बन्द हुँदा नेप्से परिसूचक २५२८.१६ विन्दुमा अडिएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले कम हो ।

बजारमा आज कुल २१४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३३ वटा कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आजको बजारमा कुल ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ७४ लाख ८८ हजार २७३ कित्ता सेयर ३८ हजार ६२७ वटा कारोबारमार्फत खरिद बिक्री भएका छन् ।

यो कारोबार रकम एक सातकदेखिको कम हो । पछिल्लो चार कारोबार दिनदेखि बजार निरन्तर घट्दै गएको देखिन्छ ।

मुख्य सूचकाङ्कसँगै अन्य उप–सूचकाङ्कहरूमा पनि गिरावट देखिएको छ। सेन्सेटिभ इन्डेक्स ४.६० अङ्कले घटेर ४३९.९४ मा पुगेको छ भने फ्लोट इन्डेक्स १.८० अङ्कले घटेर १७३.१३ मा झरेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १।७१ अङ्कले घटेर १४९.२८ मा कायम भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरूमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्यस्योरेन्स कम्पनी र सीईडीबी होल्डिङ कम्पनी अग्रस्थानमा रहेका छन् । आज मूल्य वृद्धि हुने कम्पनीहरूमध्ये शुभम् पावर र ग्रामीण विकास लघुवित्तको मूल्यमा १० प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ ।

मुख्य समाचार

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । भ...
सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृष...
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.