Alag Dhar

भियतनामसँग हारेसँगै नेपालको एसिया कप सपना समाप्त

मकवानपुर ।एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि भियतनामसँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सपना सकिएको छ ।

भियतनामको थोङ नाट स्टेडियममा मङ्गलबार राति भएको ‘होम म्याच’ मा नेपाल भियतनामसँग १–० गोलले पराजित भयो ।

भियतनामले नेपालको आत्मघाती गोल सहयोगमा बाजी मारेको हो । पाँचौँ मिनेटमा नेपालका रक्षक सुमन श्रेष्ठबाट बल बचाउने क्रममा आत्मघाती गोल हुन पुगेको थियो ।

यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो । भियतनामसँगको दोस्रो हारसँगै नेपालको एसिया कप यात्रामा पूर्णविराम लागेको हो ।

भियतनामविरुद्ध नेपालको दोस्रो लेग नेपालमै हुनुपर्ने थियो । तर काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले ‘होम म्याच’ पनि भियतनामकै मैदानमा खेलेको हो ।

छनोटको समूह ‘एफ’ मा रहेको नेपालले चार खेलमा लगातार हार खेपेको छ । यसअघि नेपाल पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो ।

जितसँगै भियतनाम चार खेलबाट नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ । मलेसिया १२ अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लाओसको तीन अङ्क छ भने नेपाल अङ्कविहीन छ । समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ ।

यसैबिच भियतनामविरुद्धको खेलसँगै नेपालका रक्षक रोहित चन्दले नेपालका लागि अन्तर्राष्ट्रिय एक सयौँ खेल पूरा गर्नुभएको छ ।

यस्तो उपलब्धि हात पार्ने रोहित दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि सय खेलको कोशेढुङ्गा पार गर्ने कप्तान एवं गोलरक्षक किरणकुमार लिम्बू हुनुहुन्छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.