Alag Dhar

सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न प्रहरीको अभियान

मकवनपुर । कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा हुनै अवैध चोरी निकासी रोक्न अभियान सुरु गरेको छ । सीमा क्षेत्रमा हुनसक्ने गैर कानुनी गतिविधि रोक्न प्रहरीले निगरानी बढाएको छ।

प्रहरीले नियमित तथा लामो दुरीका पैदल गस्ती बढाउने, समुदायसँग समन्वय गर्नेकार्यलाई प्राथमिकता दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताउनुभयो । कार्यालयका अनुसार पछिल्लो महिना लामो तथा छोटो दुरीमा १४ सय पटक र ३ सय ७१ पटक पैदल गस्ती गरिएको जनाएको छ ।

यसैगरी प्रहरीले पछिल्लो २ महिनामा राजस्व छली निकासी भएका ६० लाख बढीका सामाग्री जफत गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताउनु भएको छ । जफत गरिएको मध्ये किराना, पशु, पन्छी फलफूल, काठ तथा सवारी साधन लगायतका रहेका छन् ।

प्रहरीले मङ्गलवार राजस्व छली गरी चोरी–पैठारी गरेर ल्याइएका विभिन्न सामानसहित एक जनालाई पक्राउ गरेको छ । डिएसपी सिंहका अनुसार, कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिकामा गरी करिब १७ लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार कृष्णनगर नगरपालिका–९ मा प्रहरीले नियमित चेकजाँचका क्रममा ७४१ केजी किवी फल बरामद गरेको छ, जसको मूल्य करिब रु। १ लाख ८५ हजार बराबर रहेको जनाइएको छ । त्यसैगरी, मङ्गलवार मायादेवी गाउँपालिका–४, गौरा नजिक भित्री सडकमा ना २ ख ९५५२ नम्बरको ट्रक चेकजाँच गर्दा बिल–बिजक विना ल्याइएका करिब रु। ३ लाखभन्दा बढी मूल्यका सामान फेला परेका छन्।

उक्त ट्रकका चालक रुपन्देही मायादेवी गाउँपालिका–६ निवासी ४१ वर्षीय सुग्रीम केवटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक सहित १७ लाखको मूल्याङ्कन गरी बरामद सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । भ...
सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृष...
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.