Alag Dhar

तिहारमा फूलको मागमा आत्मनिर्भरता : ८७% स्वदेशमै उत्पादन

मकवानपुर ।यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार यस वर्ष तिहारमा सयपत्री फूलको मालाको माग ४० लाख, मखमखी फूल पाँच लाख ५० हजार, गोदावरी फूल २० हजार, मिक्स माला ५० हजार गरी देशभर जम्मा ४६ लाख २० हजार फूल माग रहेको छ ।

एशोसियसनका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार गत वर्ष ४० लाख सयपत्री फूलको मालाको खपत भएको थियो । गत वर्ष भएको खपत बराबर नै यस वर्ष पनि सयपत्री फूलको बजार माग रहने अनुमान गरिएको उहाँको भनाइ छ ।

हाल नेपालका सात प्रदेशका विभिन्न क्षेत्रमा व्यवसायिक रुपमा सयपत्री फूलको खेती भइरहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, ईलाम, धनकुटा, सुनसरी, मोरङ्ग, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतका जिल्लामा सयपत्री फूलको व्यवासायिक खेती हुँदै आएको छ ।

उहाँले सातै प्रदेशका अधिकांश भागमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको भन्नुहुँदै हरेक वर्ष सयपत्रीको खेती बढ्ने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार सयपत्री फूलको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले नै धान्ने अवस्था छ । उहाँले मुख्य गरी सहर केन्द्रीत क्षेत्रहरुमा करिब ८७.५० प्रतिशत आन्तरिक माग पुरा गर्ने र नपुग हुने करिब १२।५० प्रतिशत फूलको बजार मागलाई व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो ।

२०८२ असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण सयपत्री लगायतका बालीमा केही क्षति पुगेको उहाँको भनाइ छ ।

पाँच लाख सयपत्री आयात

गत वर्षको तुलनामा यस वर्ष सयपत्री फूलको आयात दुई लाख कम हुने भएको छ । गत वर्ष सयपत्री फूलको आन्तरिक माग ३३ लाख र बाहिरबाट सात लाख आयात गरिएको थियो । यस वर्ष पाँच लाख सयपत्री आयात हुने छ ।

दुई लाख मखमली निर्यात

यो वर्ष मखमली फूलको आन्तरिक माग तीन लाख ५० हजार रहेको छ । यो वर्ष दुई लाख मखमली फूल निर्यात हुने छ । गत वर्ष मखमली फूलको आन्तरिक माग तीन लाख २५ हजार रहेको तथा एक लाख ५० हजार फूल निर्यात भएको थियो ।

उहाँले हाल काठमाडौँको ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडिखेल, कैलाली, पाल्पा, धादिङ्ग र ईलाम आदि क्षेत्रमा मखमली फूलको व्यवसायिक खेती भइरहेको जानकारी दिनुभयो ।

४० करोडको फूलको कारोबार

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार गत वर्ष देशभर ४५ लाख २५ हजार फूलको खपत भएको थियो । सयपत्री, मखमली, गोदावरी र मिक्स फूल गरी गत वर्ष जम्मा ३७ करोड १८ लाख रुपियाँको कारोबार भएको थियो ।

यस वर्ष देशभर जम्मा ४६ लाख २० हजार फूलको बजार माग रहेको तथा ४० करोड ६२ लाख रुपियाँ कारोबार हुने अनुमान गरिएको छ । सयपत्री फूलको माला गत वर्ष ३२ करोड रुपियाँ कारोवार भएकोमा यो वर्ष ३४ करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको छ ।

कुन फूलको मूल्य कति

यस वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८५ रुपियाँ रहेको छ । गत वर्ष सयपत्रीको औसत प्रति थोक मूल्य ८० रुपियाँ थियो ।
गत वर्ष मखमली फूलको माला दुई करोड १३ लाख रुपियाँको कारोबार भएकोमा यो वर्ष दुई करोड ४७ लाख रुपियाँ कारोबार हुने अनुमान गरिएको छ ।

मखमली फूलको मालाको गत वर्ष र यस वर्ष पनि औसत प्रति थोक मुल्य ४५ रुपियाँ रहेको छ ।

यसैगरी, गत वर्ष गोदावरी फूल दुई करोड रुपियाँको कारोबार भएकोमा यस वर्ष दुई करोड ४० लाख रुपियाँको कारोबार हुने अनुमान गरिएको छ ।

गोदावरी फूलको मालाको बजारभाउ यस वर्ष बढेको छ । गोदावरी फूलको औसत प्रति थोक मूल्य गत वर्ष एक हजार रुपियाँ रहेकोमा यस वर्ष एक हजार दुई सय रुपियाँ पुगेको छ ।

मिक्स मालाको माग गत वर्ष ३० हजार रहेकोमा यो वर्ष ५० हजार रहेको छ । यस वर्ष मिक्स फूल एक करोड ७५ लाख रुपियाँको कारोबार हुने अनुमान गरिएको छ । गत वर्ष यो फूल एक करोड पाँच लाख रुपियाँको कारोबार भएको थियो ।

मिक्स फूलको औसत प्रति थोक मुल्य गत वर्ष र यस वर्ष पनि ३५० रुपियाँ रहेको छ ।

मुख्य समाचार

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । भ...
सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृष...
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.