Alag Dhar

अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

मकवानपुर । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको पहिलो सेटको सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबिच भएको खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै निसीखोला फाइनलमा प्रवेश गरेको हो भने अर्को खेल गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाबिच भएको दोस्रो सेटको सेमिफाइनलमा खेलमा काठेखोला गाउँपालिकालाई ३–० सेटले पराजित गर्दै गलकोट नगरपालिका फाइनल खेलमा प्रवेश गरेको हो ।

आज भएको सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियोे । जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल आज दिउँसो २ बजेपछि सुरु हुने बताइएको छ ।

खेल गते बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाका भलिबल टिमको सहभागिता छ । अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित दुई लाख, उपविजेताले एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार पुरस्कार पाउनेछन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पाँच हजार प्रदान गरिने समाजका सचिव एवम् प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।

मुख्य समाचार

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा कारण यातायात प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल ...
आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

आर्थिक वर्ष २०८३/०८४ मा हेटौँडा–४ का प्रमुख योजना सार्वजनिक

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने प्रमुख विकास योजना तथा कार्यक्र...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.