Alag Dhar

Day: २०८२ कार्तिक १, शनिबार ०८:००

स्काईभेटर दुर्घटनामा शिवको मृत्यु

स्काईभेटर दुर्घटनामा शिवको मृत्यु

मकवानपुर । धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका–४, हिम्दुङमा स्काईभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा जलशक्ती हाईड्रोपावरमा बाटोको नयाँ ट्रयाक खोल्ने क्रममा स्काईभेटर ईलेप तातोपानी खोलामा खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । स्काभेटर बाटोबाट तिन सय मिटर तल खसेको भन्ने सुचनाको आधारमा नेपाल प्रहरीको टोली खटि गएको थियो । खोजतलास गर्दै जाने क्रममा शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा स्काभेटर चालक प्युठान जिल्ला झिम्रुक गाउँपालिका–६, बस्ने ३६ वर्षीय शिव बहादुर नगरकोटी खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला…
Read More
विद्यार्थीको फूल बगैंचा : तिहारमा धमाधम बिक्री

विद्यार्थीको फूल बगैंचा : तिहारमा धमाधम बिक्री

कवानपुर । गुल्मीको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई अहिले तिहारमा फूल बेच्ने चटारो छ । विद्यार्थीले बर्सेनि चन्द्रकोट गाउँपालिका–८, मजुवामा रहेको शिक्षालयमा फूल सुन्दर बगैँचा निर्माण गरेका छन् । शिक्षालयको ‘पढ, सिक, कमाउ र तिर’ अभियान अन्तर्गत तीन वर्षे डिप्लोमा कृषिबाली विज्ञान अध्ययन गर्ने विद्यार्थी र शिक्षालयको सहयोगमा तिहारलक्षित गरेर रोपिएको तीन हजार बढी सयपत्री फूलले बगैँचा ढकमक्क मात्रै नभएर मजुवा बजारकै शोभा बढाएको छ । २०७८ सालमा स्थापित सिटिइभिटीको आङ्गिकको रूपमा रहेको प्राविधिक शिक्षालयले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यअनुरूप १० रोपनी जग्गा भाडामा लिएर कृषिसम्बन्धी अभ्यास गराउनेगरेको छ। विशेषगरी अहिले नै आय–आर्जन नभएर कृषिलाई उद्यमशिलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित…
Read More
नर्स आन्दोलनमा स्वास्थ्य मन्त्रालयको चासो : आइतबार सर्वपक्षीय छलफल हुने

नर्स आन्दोलनमा स्वास्थ्य मन्त्रालयको चासो : आइतबार सर्वपक्षीय छलफल हुने

मकवानपुर । अत्यन्त न्यून तलब भत्ताबाट काम गर्नुपरेको भन्दै देशभरका विभिन्न अस्पतालमा आन्दोलनरत नर्सहरूको मागका विषयमा छलफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सरोकारवाला पक्षहरूको रूपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरू, नेपाल नर्सिङ सङ्घका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज सङ्घका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल भएको थियो । उक्त छलफलमा आइतबार सर्वपक्षीय छलफल हुने निर्णय भएको छ । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले २०८१ मङ्सिर २७ को स्वास्थ्य मन्त्रीस्तरीय निर्णय तथा निर्देशनबारे जानकारी गराएको उल्लेख गर्दै…
Read More
करेन्ट लागेर दुई जना घाइते

करेन्ट लागेर दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते हुनुभएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते हुनुभएको हो । भित्री सडक खण्डमा बेलबोबाट काठ लोड गरी हेटौँडा आउँदैगरेको बा.प्र.०३–००१ ख २१६७ नं. को ट्रकको छतमा बसेर घर घरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडि बढ्ने क्रममा एक्कासी ११ हजार भोल्टको तारमा छोइ करेन्ट लाग्दा लामा घाइते भएका हुन् । बागमती प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएका हुन् । उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै…
Read More
अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पन्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले उनीहरूले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्यानमा पारेर नेपाल हुँदै अस्ट्रेलिया पठाइदिने भनी काठमाडौँ ल्याएर बन्धक बनाएको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला…
Read More
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

मकवानपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनुभएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त कोषलाई निष्क्रिय नराखी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी प्रभावकारी रुपमा अगाडि बढाइने मन्त्री घिसिङले उल्लेख गर्नुभयो । कोषका कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले विद्युतीय सवारी साधन (सार्वजनिक यातायात), चार्जिङ स्टेसनजस्ता इ-मोबिलिटीका क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गर्ने कोषका लागि फोहोरबाट ऊर्जा उत्पादन गरिने परियोजना लगानीको क्षेत्र हुनसक्ने भन्दै घिसिङले ऊर्जा पनि उत्पादन हुने र फोहोरमैला व्यवस्थापन गर्न सकिने त्यस्ता परियोजनामा लगानीको…
Read More
अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

अन्तर्राष्ट्रिय बागलुङ समाज कपमा : निसीखोला र गलकोटबिच फाइनल खेल हुँदै

मकवानपुर । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल चरण पूरा गरी निसीखोल गाउँपालिका र गलकोट नगरपालिका फाइनमा खेलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो सेटको सेमिफाइनल खेलमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबिच भएको खेलमा ढोरपाटन नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै निसीखोला फाइनलमा प्रवेश गरेको हो भने अर्को खेल गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाबिच भएको दोस्रो सेटको सेमिफाइनलमा खेलमा काठेखोला गाउँपालिकालाई ३–० सेटले पराजित गर्दै गलकोट नगरपालिका फाइनल खेलमा प्रवेश गरेको हो । आज भएको सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियोे । जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल…
Read More
आजदेखि रङ, बत्ती र रमाइलोको पर्व तिहार सुरु

आजदेखि रङ, बत्ती र रमाइलोको पर्व तिहार सुरु

मकवानपुर । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी…
Read More
राति ९ बजेपछि देउसीभैली नगर्न काठमाडौं प्रशासनको अपिल

राति ९ बजेपछि देउसीभैली नगर्न काठमाडौं प्रशासनको अपिल

मकवानपुर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ । दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ । ‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम…
Read More
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

मकवानपुर । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.