Alag Dhar

करेन्ट लागेर दुई जना घाइते

मकवानपुर । मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते हुनुभएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते हुनुभएको हो ।

भित्री सडक खण्डमा बेलबोबाट काठ लोड गरी हेटौँडा आउँदैगरेको बा.प्र.०३–००१ ख २१६७ नं. को ट्रकको छतमा बसेर घर घरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडि बढ्ने क्रममा एक्कासी ११ हजार भोल्टको तारमा छोइ करेन्ट लाग्दा लामा घाइते भएका हुन् । बागमती प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएका हुन् ।

उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको अस्थायी प्रहरी पोस्ट गरगरेले जानकारी दिएको छ । ट्रक र ट्रक चालक (साहु) हेटौँडा –५ बस्ने ४० वर्षीय रमेशप्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका –१० कर्रा चोकमा करेन्ट लागेर एक जना घाइते हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका –१६ उत्तर पानी बस्ने २५ वर्षीय विमल बम्जन पसल छेउमा रहेको तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका हुन् ।

कर्रा चोकस्थित श्रीराम पान पसलमा पान किन्न आएका बम्जन पसल छेउको तार छुन पुग्दा घाइते भएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइतेको हेटौँडा अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि मोडेल अस्पताल रिफर गरिएको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.