Alag Dhar

खाँदबारी–किमाथाङ्का सडक ८० दिनपछि पुनः सञ्चालन

मकवानपुर । संखुवासभाको दुर्गम भोटखोला क्षेत्र ८० दिनपछि सडकसँग जोडिएको छ । लगातारको अवरोधपछि कोशी राजमार्ग अन्तर्गत खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा आएको हो ।

गत भदौ १५ गतेदेखि भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको ठुला पहिरोका कारण सडक अवरुद्ध भएको थियो । लामो समयको प्रयासपछि सडक पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक खोल्न सफल भएको हो । ‘‘लगातारको वर्षा र कठिन भूगोलका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो,’’ उहाँले भन्नुभयो, “करीब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भयौं ।” सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको र हाल एकतर्फी सवारी सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएको छ ।

सडक अवरुद्ध रहँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति, औषधी, निर्माण सामग्री र दैनिक उपभोगका वस्तु अभावमा परेका थिए । आवागमन अवरुद्ध हुँदा स्थानीयहरू पैदल यात्रामा निर्भर हुनुपरेको थियो । सडक सञ्चालनमा आएपछि सदरमुकाम खाँदबारीदेखि भोटखोलाको हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो समयपछि सडक खुलेकोमा स्थानीयवासीमा खुसी छाएको बताउनुभयो । “सडक सञ्चालनमा आएपछि दुर्गम बस्तीहरू पुनः सडकसँग जोडिएका छन् ।’’ उहाँले बताउनुभयो, “अब अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौं ।”

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो, जसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापारिक गतिविधि र जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.