Alag Dhar

सुनचाँदीको भाउ आज पनि घट्यो

मकवानपुर । तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो । त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको भाउ आज दुई हजार नौ सय ६५ रुपैयाँमा झरेको छ । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले घटेको हो ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय २० रुपैयाँ थियो । गएको असोज ३१ गते सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च थियो । त्यस दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ थियो ।

 

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.