Alag Dhar

कागबेनी सडक भासियो, यातायात अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ ।

सडक माथिबाट लेदो सहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अवरुद्ध भएको छ ।

उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरेपनि फेरी माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताउनुभयो ।

उहाँका अनुसार जोमसोम देखि कागबेनीको विभिन्न ठाउँहरुमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको छ । वर्षा भइरहेकाले सडक भासिने र माथिबाट ढुङ्गा खसेर यातायात सञ्चालन गर्न जोखिम भएकाले अहिले सबै सवारीसाधनहरु जोमसोममा रोकिएको उहाँले जानकारी दिनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.