Alag Dhar

सुन्तला टिप्न किसानलाई भ्याइनभ्याई

मकवानपुर । हरिबोधनी एवं ठुलो एकादशीमा नवलपुरका विभिन्न स्थानमा लाग्ने मेलामा बिक्रीका लागि सुन्तला टिप्न जिल्लाका किसानलाई भ्याइनभ्याई भएको छ ।

कावासोती –११ को पिठौली र गड्गडीघाट, कावासोती –१५ को गुन्द्रही र बाणखोलाको संगमस्थल, देवचुलीको केउरेनीस्थित नारायाणी नदी किनार र बौदीकालिको डेढगाउँमा रहेको बालिघाटनमा एकादशी मेला लाग्ने गर्छ ।

मेलामा सुन्तलाको व्यापार राम्रो हुने भएकाले किसान सुन्तला टिप्न व्यस्त देखिएका हुन् । बुलिङटार गाउँपालिकाको राइकोट, रामकोट, छरछरे र बौदिकालिको बोबकका किसानले व्यवसायिक रुपमा सुन्तला खेती गर्दैआएका छन् ।

यसवर्ष भने बिहीबारदेखि नै झरी परेको छ । झरीमा पनि किसानले मेला स्थलसम्म सुन्तला लग्ने तयारी गरिरहेका छन् । झरीका कारण सुन्तला धेरै नबिक्ने हो कि भन्ने चिन्तामा किसान देखिएका छन् ।

‘‘सुन्तला गर्मीमा राम्रो बिक्ने गथ्र्यो । यो पटक गर्मी सकिएसँगै निरन्तर पानी पनि परिरहेकाले पोहोर परारको जस्तो सुन्तला नबिक्ने होकि भन्ने चिन्ता लागिरहेको छ’’ राईकोटका सुन्तला किसान पदमबहादुर सिन्जालीले भन्नुभयो ।

यहाँका किसानले राम्रोसँग नपाकेको भए पनि एकादशीलाई लक्षितगरी सुन्तला बेच्ने गर्छन् । एकादशीमा यहाँ सुन्तला सबैभन्दा बढी बिक्री हुनेगरेको अर्का किसान धनबहादुर थापाले बताउनुभयो ।

किसानले यो बर्षको पहिलो फलमा बारीमा प्रतिकिलो ६० रुपियाँमा सुन्तला बिक्री गरेका छन् । गतवर्ष यहाँका किसानले झण्डै नौ करोड रुपियाँ बराबरको सुन्तला उत्पादन गरेका थिए । आर्थिक वर्ष २०८०–८१ मा भने झण्डै ७ करोड १८ लाखको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।

जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन लागु भएपछि सुन्तला खेती गर्ने किसान र खेती गरिने क्षेत्रफलमा पनि वृद्धि भएको काफ्लेको भनाइ छ । गतवर्ष दुईसय २६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १४१ हेक्टर क्षेत्रफलबाट मात्र आम्दानी लिन थालिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा एक हजार २२७ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएकोमा गत आर्थिक वर्षमा एक हजार ४१४ मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

जिल्लामा हरेक वर्ष सुन्तला खेतीको क्षेत्रफल बढेकाले यो वर्ष पनि उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको विश्वास छ । ‘‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाँडेका बेर्नाले उत्पादन दिन थालेको र फूल खेल्नेबेला क्षति पनि खासै नभएकाले यो वर्ष उत्पादन बढ्ने आँकलन गरिएको छ’’ सूचना अधिकारी काफ्लेले भन्नुभयो ।

अमिला जातका फलफूलको जोन लागू भएपछि किसानले बिरुवामा अनुदानसहित यान्त्रिक तथा प्राविधिक सहयोग पनि पाउने गरेका छन् । जसका कारण पहाडी क्षेत्रमा अन्य खेतीबाट खासै आम्दानी नहुने भएकाले किसानहरू सुन्तला खेतीतर्फ आकर्षित हुनेगरेका छन् ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.