Alag Dhar

प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा उडान अवरुद्ध

मकवानपुर । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएको हो ।

ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार निरन्तरको वर्षासँगै मौसम प्रतिकूल भएपछि उडान अवरुद्ध बनेको हो । निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेकाले शुक्रबारको उडान सम्भव नभएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबारको उडान रद्द हुँदा काठमाडौँ जान लागेको दुई जना विदेशी पर्यटकसहित १७ जना यात्रु रोकिएका छन् । उडान नभएपछि काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका छन् । पर्यटकीय मौसममा उडान अवरुद्ध हुँदा ताप्लेजुङस्थित कञ्चनजङ्घा भ्रमणमा आउजाउ गर्ने बाह्य तथा आन्तरिक पर्यटकसँगै अन्य यात्रु मारमा परेका परेका छन् ।

यता मौसममा सुधार नआएसम्म सुकेटार विमानस्थलमा उडान हुने सम्भावना न्युन रहने नेपाल वायु सेवा निगमले जनाएको छ । प्रत्येक साताको शुक्रबार एकमात्र नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्ने गरेको छ ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.