Alag Dhar

पाल्पाका दुई पालिकालाई बारुणयन्त्र सहयोग

मकवानपुर । पाल्पाका दुई पालिकालाई अग्नि नियन्त्रण गर्ने (बारुण यन्त्र) प्रदान गरिएको छ । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक बारुणयन्त्र दमकल प्रदान गरिएको हो ।

जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्न अत्याधुनिक दमकल उपलब्ध गराइएको सहयोगी दाताका अधिकारीहरुको भनाइ छ । यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा गरी दुई वटा मात्र दमकल थियो । त्यसले आगलागीजस्ता घटना नियन्त्रण गर्न समस्या सिर्जना भएको थियो ।

थप दुईवटा बारुणयन्त्र भएपछि जिल्लाका अन्य स्थानमा पनि आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । पालिकालाई दमकल सहयोग आएपछि पाल्पाको पश्चिम क्षेत्रमा हुने आगलागीका घटना समयमै नियन्त्रण गर्न सहज हुने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रैनादेवी छहरा, रिव्दीकोट र तिनाउ गाउँपालिकालाई समेत सेवा क्षेत्र बनाएर काम गर्ने उल्लेख गर्नुभयो । यसअघि आगलागी हुँदा तानसेनको बरुणयन्त्र ३१ किमी पश्चिमबाट मगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले दमकलको उचित सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तानसेन नगरपालिकाले पनि दुईवटा दमकल भएपछि अग्नि नियन्त्रणमा सहजता आउने विश्वास लिएको छ । यसअघि एउटा दमकल हुँदा अन्य पालिकामा पनि पठाउँदा तानसेनमा आगलागी हुँदा समस्या हुनेगरेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो ।

मुख्य समाचार

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

रास्वपा बागमती प्रदेश अधिवशेन : प्रतिनिधिको विषयमा विवाद, निर्वाचन तालिका अन्योलमा

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ । अधिव...
सुधन र महावीरले लिए शपथ

सुधन र महावीरले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र ...
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै : महावीर पुन विज्ञान, प्रविधि मन्त्री बन्दै

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसद सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौड...
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाण्डौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियो...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.