Alag Dhar

Day: २०८२ कार्तिक १७, सोमबार ०६:३७

स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ

मकवानपुर । कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका –३ मिलनचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता छन् । उनीहरु युपी ३१ सिएन ११७५ नम्बरको कारमा आएका थिए । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो । उहाँले पक्राउ परेका दुवैलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
Read More
बाबु मृत भेटिएपछि छोरा पक्राउ

बाबु मृत भेटिएपछि छोरा पक्राउ

मकवानपुर । पाँचथरको हिलिहाङ गाउँपालिका १ फेदापका ६९ वर्षीय युवराज राई मृत अवस्थामा भेटिनुभएको छ । राईको शव स्थानीयले घरदेखि ५ मिटर दूरीमा रहेको करेसाबारीमा मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । राईको शरीरमा चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँलाई आफ्नै छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कर्णले बताउनुभयो । घटनाबारे जानकारी पाए लगत्तै खटेको प्रहरी टोलीले सन्देशलाई पक्राउ गर्नका साथै मृतकको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार बाबुसँगै बसेर रक्सी पिएका राईले सामान्य…
Read More
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

मकवानपुर । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ( ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागले पहिरो पन्छ्याएपछि रातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यमा लागेका छन् ।
Read More
तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हरायो

तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हरायो

मकवानपुर । तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ विकेटले हराएको छ । अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । भारतका वाशिङ्गटन सुन्दरले नटआउट ४९ रन बनाए । अस्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । अस्ट्रेलियाका टिम डेभिडले ७४, मार्कस स्टोइनिसले ६४ रन बनाए । भारतका अर्शदीप सिंहले ३ विकेट लिए । योसँगै ५ खेलको टी–२० शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो…
Read More
एसईई -२०८२ को आवेदन फारम खुला

एसईई -२०८२ को आवेदन फारम खुला

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा- १० (एसईई)को परीक्षा आवेदन फारम खुला गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनको लागि कक्षा १० माध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ।
Read More
ताप्लेजुङमा  चौँरीको आक्रमणले विदेशी नागरिक घाइते

ताप्लेजुङमा चौँरीको आक्रमणले विदेशी नागरिक घाइते

मकवानपुर । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आउनुभएको थियो । अहिले उहाँको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँलाई हेलिकोप्टरबाट थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको र हेलिकोप्टर आज आउने प्रहरीले जनाएको छ।
Read More
स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती बढ्दै

स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती बढ्दै

मकवानपुर । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरूमा प्रसूति सेवा विस्तारसँगै सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच गराउने र सुत्केरी हुने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । फिक्कल गाउँपालिका–५ का वडाध्यक्ष वैकुण्ठलाल पहाडी उक्त वडामा अहिले ‘होम डेलिभरि’ शून्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालनसँगै होम डेलिभरि (घरमा बच्चा जन्माउने) शून्य भएको छ । गाउँमा भएका…
Read More
दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो । दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनुभयो । यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न पनि नेपालले आग्रह गर्नुभएको छ । बाटो असहज हुँदा सवारी साधनको…
Read More
पाल्पाका दुई पालिकालाई बारुणयन्त्र सहयोग

पाल्पाका दुई पालिकालाई बारुणयन्त्र सहयोग

मकवानपुर । पाल्पाका दुई पालिकालाई अग्नि नियन्त्रण गर्ने (बारुण यन्त्र) प्रदान गरिएको छ । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक बारुणयन्त्र दमकल प्रदान गरिएको हो । जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्न अत्याधुनिक दमकल उपलब्ध गराइएको सहयोगी दाताका अधिकारीहरुको भनाइ छ । यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा गरी दुई वटा मात्र दमकल थियो । त्यसले आगलागीजस्ता घटना नियन्त्रण गर्न समस्या सिर्जना भएको थियो । थप दुईवटा बारुणयन्त्र भएपछि जिल्लाका अन्य स्थानमा पनि आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ । पालिकालाई दमकल सहयोग आएपछि पाल्पाको पश्चिम क्षेत्रमा हुने…
Read More
राष्ट्रपति पौडेल कतार  भ्रमण  प्रस्थान गर्दै

राष्ट्रपति पौडेल कतार भ्रमण प्रस्थान गर्दै

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.