Alag Dhar

स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती बढ्दै

मकवानपुर । सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था (चौकी) हरूमा प्रसूति सेवा विस्तारसँगै सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको हो । गाउँमा रहेका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र सञ्चालन सुरु भएपछि नियमित गर्भ जाँच गराउने र सुत्केरी हुने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।

फिक्कल गाउँपालिका–५ का वडाध्यक्ष वैकुण्ठलाल पहाडी उक्त वडामा अहिले ‘होम डेलिभरि’ शून्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालनसँगै होम डेलिभरि (घरमा बच्चा जन्माउने) शून्य भएको छ । गाउँमा भएका सबै गर्भवती महिला नियमित स्वास्थ्य जाँच गर्न र बच्चा जन्माउन स्वास्थ्य संस्थामा धाएको देखिन्छ ।”

पालिकाले नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई प्रत्येक पटकको एक हजार रुपियाँका दरले यातायात खर्च प्रोत्साहन स्वरूप पालिकाले उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । सोही वडास्थित स्वास्थ्य चौकी स्वल्पाठानामा कार्यरत सिनियर अहेव प्रलभ घिमिरे गाउँमा भएका स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसँगै घरमा सुत्केरी हुने क्रम घटेको सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, “धेरै जसो गर्भवती महिला सुविधा सम्पन्न ठाउँ खोज्दै बच्चा जन्माउन बाहिर जान्छन् । बाहिर जान नसक्ने सुत्केरी हुन् यही आउँछन् । यहाँ आएर वार्षिक १६ देखि २० जना गर्भवती महिला सुत्केरी हुँदै आएका छन् ।” दुई नगरपालिकासहित नौ वटा स्थानीय तह रहेको यस जिल्लामा ४१ वटा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालन रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार दुधौली नगरपालिकामा सात वटा, तीनपाटन गाउँपालिकामा सात वटा, फिक्कल गाउँपालिकामा छ वटा, सुनकोशी गाउँपालिकामा पाँच वटा, कमलामाई नगरपालिकामा चार वटा, गोलन्जोर गाउँपालिकामा तीन वटा, घ्याङ्लेख गाउँपालिकामा तीन वटा, हरिहरपुरगढी गाउँपालिकामा तीन वटा र मरिण गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन हुँदै आएको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी भएका एक हजार ८३९ जना गर्भवती महिलामध्ये एक हजार ६१८ जनाले स्वास्थ्य संस्थामा आएर र बाँकीले घरमा नै बच्चा जन्माएको कार्यालय प्रमुख विमल पटेलले जानकारी दिनुभयो । विभिन्न कारणले १५ जना बच्चा मृत जन्मिएको पनि उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूति सेवा लिनेको सङ्ख्या बढाउन कार्यालयले जनचेतनामूलक प्रचारप्रसार, बर्थिङ सेन्टरको गुणस्तरमा सुधार, अनुगमन निरीक्षणलगायतका गतिविधि गर्दै आएको छ ।”

जिल्लाकै सबैभन्दा ठुलो सिन्धुली अस्पतालले पछिल्लो समय जिल्लामै भरपर्दो प्रसूति सेवा सञ्चालन दिन थालेपछि जिल्लावासीलाई सहज भएको छ । प्रसूति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँलगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने गर्भवती महिलाका लागि जिल्लामै भरपर्दो प्रसूति सेवा सञ्चालन भएपछि सहज भएको अस्पताल विकास समितिका अध्यक्ष सतीश ढकाल बताउनुहुन्छ ।

प्रसूति सेवा लिन आउने महिलालाई आमा सुरक्षा कार्यक्रम अन्तर्गत सबै सुविधा निःशुल्क उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । त्यस्तै तीनपाटन गाउँपालिकाले स्वास्थ्य संस्थामा आई गर्भवती अवस्थामा आठ पटक स्वास्थ्य जाँच गरी सुत्केरी हुने महिलालाई पाँच हजार रुपियाँ प्रोत्साहन भत्ता दिँदै आएको छ । घरमा नै सुत्केरी हुँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने भएकाले स्वास्थ्य संस्थामा आई सुत्केरी गराउन प्रोत्साहन गर्न गाउँपालिकाले सरकारले दिने सुत्केरी भत्तामा थपेर उक्त रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर बताउनुहुन्छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.