Alag Dhar

श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु

death

मकवानपुर । सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाईते हुनु भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थित माईतीमा बस्दै आउनु भएकी ३५ बर्षीया सुनिता सदाको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

घरायसी विवादका कारण उहाँका श्रीमान सिरहाको मिर्चैया नगरपालिका बडा नम्बर १० घर भएका रतन सदाले कात्तिक ११ गते माईती घरमै श्रीमती सदाको टाउकोमा बन्चरो प्रहार गर्दा उहाँ गम्भिर घाइते हुनुभएको थियो ।

बन्चरो प्रहारबाट गम्भिर घाइते सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा आर्थिक अभावको कारण त्यहाँ उपचार गराउन नसकी मिर्चैया १० मथलेश्वर स्थित घर ल्याउँदा घरमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जनाकारी दिनुभयो ।

मृतका श्रीमान रतन सदालाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको उहाँले बताउनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.