Alag Dhar

मानवसेवा आश्रम निर्माणार्थ विधिपूर्वक महायज्ञ

मकवानपुर । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागलुङमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ ।

सडकमा जीवन विताउन बाध्य असहायलाई सेवा दिने उद्देश्यसाथ संरचना निर्माणार्थ महायज्ञ कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मानवताका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले महायज्ञ गरेर पूर्वाधार बनाउने उद्देश्य राखिएकाले पुण्य कार्यमा सहभागी हुन सबैलाई आव्हान गर्नुभयो । अध्यक्ष ढकालले आफ्नो गृह जिल्लामा सडकआश्रितको लागि भवन निर्माण गर्न महायज्ञ सञ्चालन भइरहेकाले आश्रम निर्माणमा व्यक्तिगत र संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महायज्ञ उद्घाटन अगाडि बागलुङ बजारदेखि महायज्ञस्थल तथा मानवसेवा आश्रम भवन निर्माणस्थल बागलुङ नगरपालिका –४ निरयघाटसम्म शोभा कलशयात्रा गरिएको थियो । कलशयात्रा लोकतान्त्रिक चोकबाट सुरु भइ जिपपार्क, नगर खानेपानी, राइटर चोक, शिवधारा हुँदै देउराली चोक, विद्या मन्दिर, नारायण चोक, लालीगुँरास चोक, गोदाम चोक, बुद्धचोक, अदालत रोड, अस्पताल रोड, मरेपीपल र लाम्पाटा हुँदै निरयघाटस्थित महायज्ञस्थलमा समापन भएको थियो ।

यात्रामा देउराली आमा समूह नौमती बाजा, नवजागृति आमा समूह, कालिका आमा समूह, शुक्लेश्वरी ज्ञानज्योति आमा समूह, एकल आमा समूह, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानलगायतका विभिन्न समूहहरूको सहभागिता रहेको यात्रामा धार्मिक झाँकी, बाजागाजा र विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

महायज्ञबाट प्राप्त रकम मानवसेवा आश्रम बागलुङको भवन निर्माणमा लगाइने र १० करोड रुपियाँ बराबरको अक्षयकोष निर्माण गर्ने लक्ष्य लिइएको मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । अहिलेसम्म भवन निर्माणमा करिब ५ करोड रुपियाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्नका लागि अझै ४ करोड रुपियाँको आवश्यकता रहेको अधिकारीले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनको करिब ६० प्रतिशत काम सकिएको र बाँकी ४० प्रतिशत कार्य चैत मसान्तसम्म पूरा गर्ने लक्ष्य रहेको आश्रमले जनाएको छ । भवन निर्माण सम्पन्न भएपछि सो शाखाबाट करिब दुईसय जनालाई आश्रय प्रदान गर्न सकिने जनाइएको छ । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहनुभएको छ ।

विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदैआएको आश्रमले बागलुङ नगरपालिका –४ निरयघाटमा जग्गा प्राप्त गरेपछि विसं २०७८ वैशाख २४ गते ५ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न भवन निर्माण गर्न शिलान्यास गरिएको थियो । स्थापनाकालदेखि अहिलेसम्म बागलुङ –३ किनारा टोलबाट आश्रम सञ्चालित छ । बागलुङको आश्रममा ३० महिला, २८ पुरुष र ८ बालबालिका रहेका छन् ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.