२०८२ कार्तिक २१, शुक्रबार १२:२३
२०८२ कार्तिक २१, शुक्रबार १२:२३
मकवानपुर । बोलेरो जिपको ठक्करबाट लमजुङमा बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका –१, बागलुङपानी स्थित सडकमा शुक्रबार बलेरो जिपले ठक्कर दिँदा सोही ठाउँकी २ बर्षीया नेरिमा तामाङको मृत्यु भएको हो । क्व्होलासोथार गाउँपालिका –३, घलेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६३०६ नम्बरको बोलेरो जिपले शुक्रबार बिहान ९ बजेतिर ठक्कर दिँदा बालिका घाइते भएकी थिइन् । घाइते बालिकालाई आमा कृति तामाङको साथमा तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको लमजुङ प्रहरीले जनाएको छ । जिप चालक बेसीशहर नगरपालिका –९, बिम्दाबेसी बस्ने २९ बर्षीय मदन दुलाललाई नियन्त्रणमा लिइ दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी…