Alag Dhar

जिपको ठक्करबाट बालिकाको मृत्यु

death

मकवानपुर । बोलेरो जिपको ठक्करबाट लमजुङमा बालिकाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका –१, बागलुङपानी स्थित सडकमा शुक्रबार बलेरो जिपले ठक्कर दिँदा सोही ठाउँकी २ बर्षीया नेरिमा तामाङको मृत्यु भएको हो ।

क्व्होलासोथार गाउँपालिका –३, घलेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६३०६ नम्बरको बोलेरो जिपले शुक्रबार बिहान ९ बजेतिर ठक्कर दिँदा बालिका घाइते भएकी थिइन् ।

घाइते बालिकालाई आमा कृति तामाङको साथमा तत्काल उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको लमजुङ प्रहरीले जनाएको छ ।

जिप चालक बेसीशहर नगरपालिका –९, बिम्दाबेसी बस्ने २९ बर्षीय मदन दुलाललाई नियन्त्रणमा लिइ दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.