Alag Dhar

प्रहरीमाथि कुटपिटपछि बालसुधार गृहबाट नौ जना फरार

मकवानपुर । जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका विराटनगरस्थित बालसुधार गृहका नौ जना बाल बिझ्याइँकर्ता हिजो (बिहीबार) अपराह्न सुरक्षाकर्मीलाई कुटपिट गरी फेरि भागेका छन् । फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका थिए भने अर्का एक जनालाई स्थानीयले समातेर बुझाएका थिए । बाँकी सात जना भने अझै फरार छन् ।

बाल सुधार गृहमा कार्यरत कर्मचारीहरु कार्यालय बन्द गरेर घर फर्किने समय पारेर उनीहरूले समूह बनाई ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी गेट खोलेर भागेका थिए । आक्रमणबाट ड्युटीमा रहेका तीन जना प्रहरी घाइते भएको बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेले जानकारी दिनुभयो ।

फरार भएकामध्ये दुई जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेको र बाँकीको खोजी भइरहेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । एसपी कटवालका अनुसार भागेकाहरु सबै १८ वर्षभन्दा माथि उमेर समूहका छन् ।

बाल सुधार गृहको सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र त्यहाँ २७–२८ वर्षसम्मका बिझ्याइँकर्ताहरुलाई पनि राख्नु पर्दा पटक पटक सुरक्षा चुनौती आउने गरेको छ । त्यसबाहेक बाल सुधार गृहमा क्षमता भन्दा धेरैलाई राख्नुपर्दा व्यवस्थापनमा कठिनाइ आउने गरेको छ । १५० जना क्षमताको बाल सुधार गृह विराटनगरमा अहिले २६० जनालाई राखिएको छ । जेनजी आन्दोलनका क्रममा भागेका करिब १० जना अझै सुधार गृहमा फर्किएका छैनन् ।

यसअघि पनि पटक पटक बाल सुधार गृहबाट बिझ्याइँकर्ताहरु भाग्ने घटना हुँदै आएको थियो । विगतमा भवनबाट फालहानेर दुई तीन जना भाग्ने गरेकोमा जेनजी आन्दोलनपछि सुरक्षाका लागि खटिएका प्रहरीलाई नै आक्रमण गरेर भाग्ने घटना दोहोरिन थालेको छ । यसले बाल सुधार गृहको सुरक्षा व्यवस्थापनमा नयाँ योजना बनाउनुपर्ने आवश्यकता खड्किएको छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.