Alag Dhar

Day: २०८२ कार्तिक २२, शनिबार ०७:२९

एमाले मकवानपुरको आग्रह: पार्टी छोडेका सदस्य फर्कुन्

एमाले मकवानपुरको आग्रह: पार्टी छोडेका सदस्य फर्कुन्

मकवानपुर । नेकपा (एमाले) मकवानपुरले विभिन्न समयमा पार्टी छोडेर गएका नेता, कार्यकर्ताहरुलाई आफ्नै मूलघर फर्कन आह्वान गरेको छ । शुक्रबार जिल्ला पार्टी उपाध्यक्ष हिदम लामाले अपिल जारी गर्दै भनेका छन् “विद्यमान परिस्थितिमा तपाईंहरुको योगदानको निरन्तरता, राजनैतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा (एमाले) नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ ।” नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह एमाले राष्ट्रिय स्वाधिनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरुले गर्वबोधको अनुभूति भएको उल्लेख गदै उपाध्यक्ष लामाले भनेका छन्, “भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र त्यस आन्दोलनमा भएको घुसपैठले मच्चाएको विध्वंसपछिको अवस्थालाई विश्लेषण गर्दा पनि…
Read More
मकवानपुरगढीमा बाघ आतङ्क :  दुई बाख्रा मारिए

मकवानपुरगढीमा बाघ आतङ्क : दुई बाख्रा मारिए

मकवानपुर । मकवानपुरको मकगानपुगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका ५ स्थित नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ । स्थानीय तखतबहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जङ्गलमा चर्ने क्रममा शुक्रबार दिउँसो दुई वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट गएका प्रहरी टोलीले घटनास्थल हेर्दा बाघले मारेकोरखाएको देखिएकोले वनको कर्मचारीसँग समन्वय गरी मुचुल्का कार्य गरिएको छ । यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेग सोलिथुम, नयाँगाउँ, लिङ्गेडाँडा र खैरेनीमा पनि यसअघि बाघ देखा परेको स्थानीयले बताएका छन् ।…
Read More
बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । बर्दियामा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय विकास यादव हुनुहुन्छ । यसैगरी, मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी घाइते हुनुभएको छ । राजापुरदेखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडकअन्तर्गत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई चिकित्सकले मृत घोषणा गरेका…
Read More
कोहलपुरमा चितुवा आतङ्क

कोहलपुरमा चितुवा आतङ्क

मकवानपुर । बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् । केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एकजनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् । सोही क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ । खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने…
Read More
प्रतिनिधि सभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

प्रतिनिधि सभा निर्वाचन तयारी ‘प्रक्रियातर्फ ६० प्रतिशत काम सकियो’

मकवानपुर । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो । २०७७ को विघटनपछिको चुनावमा अदालतलको आदेश कुरेको स्मरण गराउँदै उहाँले अहिले फरक परिस्थितिमा विघटन भएकाले आयोगले तयारीमा कुनै अलमल नगरेको बताउनुभएको हो । चुनावको तयारीबारे समितिले गरेको छलफलमा भण्डारीले नेपालका हरेक आन्दोलनले संविधान प्रतिस्थापन गरे पनि अहिले संविधान यथावत् रहेको बताउनुभयो । संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले सरकार निर्माण र चुनावको मिति तोकेको स्मरण गराउँदै भण्डारीले शासकीय प्रबन्ध लिकमा ल्याउन चुनाव सर्वोत्तम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.