Alag Dhar

मकवानपुरगढीमा बाघ आतङ्क : दुई बाख्रा मारिए

मकवानपुर । मकवानपुरको मकगानपुगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका ५ स्थित नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ ।

स्थानीय तखतबहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जङ्गलमा चर्ने क्रममा शुक्रबार दिउँसो दुई वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट गएका प्रहरी टोलीले घटनास्थल हेर्दा बाघले मारेकोरखाएको देखिएकोले वनको कर्मचारीसँग समन्वय गरी मुचुल्का कार्य गरिएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेग सोलिथुम, नयाँगाउँ, लिङ्गेडाँडा र खैरेनीमा पनि यसअघि बाघ देखा परेको स्थानीयले बताएका छन् । केहीको फरकमा बाघले पाँच वटा बोकाबाख्राको मारेपछि स्थानीय त्रसित भएका थिए ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.