Alag Dhar

बाल सुधारगृह विराटनगरबाट ६० जना बाल बिज्याइँकर्तालाई कारागार सार्ने तयारी

मकवानपुर । बाल सुधारगृह विराटनगरबाट पटक पटक भाग्ने तथा उत्छृङ्खल गतिविधिमा नियन्त्रण नभएका ६० जना बाल बिज्याइँकर्तालाई अन्यत्र सार्ने तयारी गरिएको छ । त्यसरी अन्यत्र सार्ने तयारी गरिएकामा २० वर्षभन्दा माथिको उमेर समूहका छन् ।

विराटनगर–३ मा रहेको बाल सुधारगृहमा पटक पटक झडप हुने, भाग्ने तथा सुधारगृहको सुरक्षाव्यवस्थामै खलल हुने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयसमेतको समन्वयमा त्यहाँबाट ६० जनालाई मोरङ कारागारको पुरानो खाली भवनमा सार्ने तयारी गरिएको हो । उक्त भवनमा बस्ने बिज्याइँकर्ताको व्यवस्थापनको सबै जिम्मेवारी बाल सुधारगृहकै हुन्छ भने भवनपरिसरको सुरक्षा कारागार सुरक्षा टोलीले नै गर्ने भएकाले सुधारगृहमा देखिएको समस्या पनि समाधान हुने छ ।

बाल सुधारगृहमा क्षमताभन्दा बढी बिज्याइँकर्ता राखिएको र सुरक्षाका लागि न्यून सङ्ख्यामा हतियारविहीन सुरक्षाकर्मी राखिएका कारण पटक पटक झडप र आव्रmमण हुने गरेको थियो । गत २० गते मात्र केही बिज्याइँकर्ताको समूहले आव्रmमण गरी तीन जना प्रहरीलाई घाइते बनाएर नौ जना भागेका थिए । भागेका दुई जना सोही दिन फर्किएका थिए भने एक जनालाई पव्रmाउ गरेर प्रहरीले फिर्ता ल्याएको छ । यो घटनापछि बाल

सुधारगृहको सुरक्षाव्यवस्थाप्रति नै प्रश्न उठेको थियो भने त्यहाँ कार्यरत प्रहरी तथा अन्य प्रशासनिक कर्मचारी र शिक्षकको सुरक्षाको विषय पनि संवेदनशील बनेको थियो । सोही कारणले केहीलाई अन्यत्र सारेर व्यवस्थापन गर्न लागिएको बाल सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेले बताउनुभयो ।

प्रमुख न्यौपानेका अनुसार सुधारगृहमा आइतबारसम्म २४५ जना राखिएको छ । तीमध्ये १७० जना अपराध प्रमाणित भएका र ७५ जना मुद्दा चलिरहेका छन् । ५० जनाको क्षमता भएको सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा चुनौती थपिएको थियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा २०६ जना फरार भएकोमा १९१ जना मात्रै फर्किएका थिए । जेनजी आन्दोलनका १५ जना र कात्तिक २० गते फरार भएका छ जना गरी २१ जना अझै फरार छन् । तीमध्ये तीन जना भारतीय नागरिक छन् ।

सुधारगृहभित्र १८ वर्षमुनिका बालबालिका मात्र नभई २८ वर्षसम्मका युवा पनि राखिएका छन् । यसकारण समूह समूहबिच विवाद र झडपका घटना नियमित जस्तै हुँदा सुरक्षाव्यवस्थामा समस्या हुने गरेको छ ।

मुख्य समाचार

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

बागमतीमा १४ बाट घटाएर ८ मन्त्रालय कायम

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै मन्त्रालयक...
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ढिलाइ : उद्घाटनका लागि तयारी अन्तिम चरणमा

काठमाण्डाै ।  नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । यसअघि यही ...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका क...
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग

काठमाण्डौं । सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ । अर्थमन्त्रालयले स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.