Alag Dhar

महोत्तरीमा बालिकाको डुबेर मृत्यु

मकवानपुर । महोत्तरीको सोनमा गाउँपालिकाको खेश्राहामा गए राति डुबेर एक बालिकाको मृत्यु भएको छ । सोनमा गाउँपालिका–४, खेश्राहा बस्ने दुलारचन महतो नुनियाको तीन वर्षिया छोरी सीताकुमारी महतोको मङ्गलबार राति सोही ठाउँको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले साँझदेखि हराएको भनिएकी छोरीको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।

आमा घाँस काट्न चौरीमा गएको तथा साँझ आएपछि घरमा उनलाई खोज्दा नभेटेपछि खोजतलाश गर्दै जाँदा साँझ ८ बजेतिर पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको जनाइएको छ ।

यसैबिच जिल्लाको औरही नगरपालिकामा मङ्गलबार राति एक महिलामाथि छुरा प्रहार भएको छ । औरही नगरपालिका वडा १ बस्ने ४२ वर्षीया सरस्वतीदेवी मण्डलमाथि सोही स्थानका करिब २६ वर्षिय युवा राकेश चौधरीले घरभित्र पसेर छुरा प्रहार गरेको जनाइएको छ ।

घटनामा गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले छुरा प्रहार गरेको आरोपमा सोही स्थानका युवा चौधरीलाई प्रहरीले घटनापछि खोजी गरी राति नै नियन्त्रणमा लिएको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।a

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.