Alag Dhar

पूरै गाउँमा झाडापखाला : ९१ जना उपचारपछि घर फर्किए

मकवानपुर । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरु भएको झाडापखालाका बिरामी घट्दै गएका छन् । अहिलेसम्म ९१ जना उपचारपछि घर फर्किएका छन् ।

चार जनाको भने होम आइसोलेसनमा उपचार भइराखेको छिन्ननमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

बिरामीको उपचारमा स्वास्थ्यकर्मीहरूको टोली बस्तीमा निरन्तर खटिएको छ । बिरामी हुन नदिनका लागि जनचेतनासँगै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । हैजा फैलिएर स्थानीय बुधन सदाका ८ वर्षीया छोरी राघिनी, ४ वर्षीय छोरा सञ्जीव र ६५ वर्षीय बुबा लक्ष्मण सदाको मृत्यु भएको थियो । एकै गाउँका पाँच जनामा हैजा पुष्टि भएको थियो ।

बस्तीमा झाडापखाला हैजा फैलिएपछि स्थानीय पालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर पानीको परीक्षण गराएको छ । भलुवाही खोला र पोखरीको पानीमा हैजाको जीवाणु भेटिएपछि त्यहाँको पानी प्रयोग गर्न सबैलाई रोक लगाएको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.