Alag Dhar

आज दल दर्ता गर्ने अन्तिम दिन

मकवानपुर । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आइतबार सकिँदैछ।

शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन्।

यस्तै १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि दल दर्ताको प्रमाणपत्र लिइसकेको छ। यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ।

यस्तै निर्वाचन घोषणापछि दुई राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन्। जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर गठन गरिएको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेको छ।

योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ। शनिबार भएकाले आज बाँकी दलले दर्ताका लागि प्रक्रिया पूरा गर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत् राखेको छ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड लागे पछि शनिबार पनि बायोमेट्रिक गरिएको थियो। थपिएको अवधिमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि-रजिस्ट्रेसन सिस्टममार्फत् आवेदन गरी निर्वाचन कार्यालयहरूमा बायोमेट्रिक्स सेवा लिन सकिने आयोगले जनाएको छ।

मतदाता नामवालीमा नाम दर्ता गर्न अनलाइनमार्फत २४ सै घण्टा आवेदन दिन सकिनेगरी व्यवस्था गरिएको छ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.