Alag Dhar

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

मकवानपुर । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ।

कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारी साधन आवतजावत गर्दा समस्या भएपछि मङ्सिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो ।

सवारी साधन आवतजावत गर्दा कालोपत्र गर्ने कार्य प्रभावित भएपछि बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोको अनुरोधमा एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले अनुरोध गरेका छन् ।

कुश्मा नगरपालिका–१, मालढुङ्गादेखि जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको बेनी जोड्ने १३ किमी दुरीमा दुई लेनको सडक स्तरोन्नति भइरहेको छ । उक्त सडक बन्दको समयमा मालढुङ्गा, बागलुङबाट रत्नेचौर हुँदै बेनीको सडक प्रयोग गर्न सकिन्छ ।

ठेकेदारको ढिलासुस्ती र आयोजना पक्ष निरिह हुँदा विसं २०७७ साल चैत्र महिनामा ५२ करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको ठेक्का अहिलेसम्म पूरा हुन सकेको छैन । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।

म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोर अन्तर्गत पर्छ ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.