Alag Dhar

धादिङबेसीको पशुपति मन्दिरमा आज बालाचतुर्दशी मेला

मकवानपुर । धादिङको नीलकण्ठ नगरपालिका-१२ स्थित पशुपति मन्दिर परिसरमा आज बालाचतुर्दशी मेला लाग्दैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो ।

“मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थाको अन्तिम चरणको काम भइरहेको छ,” उहाँले भन्नुभयो । आज बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।

रातभर बस्ने भक्तजनका लागि त्रिपाल तथा हलको व्यवस्था मिलाइएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनुभयो । “धेरै भक्तजनले पहिले नै आफ्नो बस्ने स्थान सुरक्षित गरिसक्नुभएको छ। अझै आवश्यक परे थप त्रिपाल राखेर सुरक्षित बस्ने व्यवस्था मिलाइनेछ,” उहाँले जानकारी दिनुभयो ।

फूलको डोली तार्ने चलन मेलाको मुख्य आकर्षण मानिन्छ । आफ्ना दिवंगत पितृको सम्झनामा डोली तार्ने भक्तजनको भीड प्रत्येक वर्ष उलेख्य हुने गरेको छ ।

नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले पशुपति मन्दिरलाई सदरमुकामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको बताउनुभयो । “काठमाडौंको पशुपतिनाथ पुग्न नसक्ने धेरै भक्तजन यहाँ आउने गर्छन् । वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “नगरपालिकाले यस परम्परा र धार्मिक आस्थालाई विशेष संरक्षण र प्रवर्धन गरिरहेको छ ।” उहाँले सबै नगरवासी तथा भक्तजनलाई मेलामा सहभागी भई धर्म, संस्कार र परम्पराप्रति सम्मान प्रकट गर्न आग्रह पनि गर्नुभएको छ ।

मङ्सिर कृष्ण चतुर्दशीको दिनलाई बालाचतुर्दशी मनाइन्छ । यस दिन आफन्त गुमाएका घरपरिवारले पितृमोक्षका लागि अत्यन्त महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.