Alag Dhar

प्रदेश अस्पतालले दिने सेवाबारे संसदीय चासो

मकवानपुर । सुर्खेतस्थित प्रदेश अस्पतालले दिने विभिन्न सेवाबारे कर्णाली प्रदेश सभाको विषयगत संसदीय समितिले चासो व्यक्त गरेको छ । पछिल्लो समय प्रदेश अस्पतालले प्रदान गर्ने सेवाबारे असन्तुष्टि सार्वजनिक हुन थालेपछि प्रदेश सभाको सामाजिक विकास समितिले चासो व्यक्त गर्दै प्रदेश सरकार र अस्पताल व्यवस्थापकलाई बोलाई छलफल गरेको छ । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विशेषज्ञ डाक्टर कर्णाली आउन नमान्ने र सरकारले चाहेर मात्रै पनि सुविधा बढाउन नसक्ने बताउनुभयो । उहाँले सरकारले गाउँ गाउँमै डाक्टर पठाउने गरी छात्रवृत्ति करारका डाक्टरलाई स्थानीय तहसम्म परिचालन गरिएको जानकारी दिँदै मेडिकल अधिकृतभन्दा माथिल्लो तहका डाक्टर पाउन नसकेको प्रष्ट्याउनुभयो ।

कोभिडपछिका दिनमा बजेट स्रोत घटिरहेकाले स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको उहाँको भनाइ छ । यद्यपि अस्पताल व्यवस्थापन समितिको कोष व्यवस्थित गर्ने र परिचालन भइरहेकाले यसलाई थप व्यवस्थित र एकीकृत बनाउन मन्त्रालयले अस्पताल आर्थिक प्रशासन नियमावली निर्माण गरी नमुना कानुन पठाउन लागिएको जानकारी दिनुभयो । अस्पताललाई व्यवस्थित गर्न सङ्घीय सरकार वा प्रदेशको प्राथमिकतामा राख्नुपर्ने र यसको सुदृढीकरणका लागि छुट्टै व्यवस्थापनतर्फ लाग्नुपर्ने सुझाव उहाँको छ ।

प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएका कारण सेवा प्रवाहमा सन्तुष्टि प्रदान गर्न नसकिएको स्वीकार गर्नुभयो । प्रदेश सरकारको स्वीकृति १५० शय्या भए पनि हाल तीन सय शøया बराबरको सुविधा उपलब्ध गराउनु बाध्यता रहेको उहाँले बताउनुभयो । विशेषज्ञ सेवाबाट करिब ९१ जनाले सेवा प्रदान गरिरहेको भए पनि अझै जनशक्ति अभाव भएकाले व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उहाँको भनाइ छ ।

अस्पतालका निर्देशक डा। गणेश थापाले दरबन्दी, करार, विकास समितिबाट गरी हाल करिब पाँच सय बढी जनशक्तिबाट सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले अस्पताल विकास समितिबाट मात्रै करिब २५० जना जनशक्ति पूर्ति गरी सेवा दिइएको तर पनि व्यवस्थापनमा कठिनाइ भइरहेको स्वीकार गर्नुभयो । अस्पतालले कोष सञ्चालन गरी सोझै विषेशज्ञ डाक्टर राख्न पाउने सुविधा हुनुपर्ने विकल्प उहाँले देखाउनुभयो । अस्पतालमा विज्ञ चिकित्सक ३७ जना आवश्यक हुनुपर्नेमा हाल १९ जना बाट मात्र सेवा प्रवाह भइरहेको जानकारी निर्देशक डा। थापाले दिनुभयो ।

यसै गरी उपकरण सम्भार अर्को प्रमुख चुनौती रहेकाले विद्युतीय उपकरण मर्मत गर्ने जनशक्ति सहजै पर्याप्त हुन नसकेको उहाँले बताउनुभयो । सामान्य काम, पार्टपुर्जा फेर्नसमेत जनशक्ति नभएकाले सेवा पटक पटक अवरुद्ध भइरहेको उहाँको भनाइ छ । अस्पतालले पानीको समेत समस्या भोगिरहेको छ । बोरिङ प्रविधिबाट पानी सप्लाई भइरहे पनि पर्याप्त नभएको गुनासो उहाँले गर्नुभयो । यस्तै अस्पतालमा विद्युत् आपूर्ति अर्को समस्या छ । अहिले अस्पतालले एक हजार केभिए क्षमताको मात्र लोड प्राप्त छ । अस्पतालको आवश्यकतामा कम्तीमा पाँच हजार केभिए हुनुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीको चाप हरेक दिन बढ्दा अस्पतालले भिडभाडको सामना गर्नु परेको छ ।

बैठकमा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण र सुधारका विषय, प्रदेश अस्पतालबाट प्रदान गरिने सेवाको गुणस्तर, उपलब्धता र बिरामीमैत्री प्रणालीका सम्बन्धमा तथा प्रदेश अस्पतालको आम्दानी, खर्च तथा वित्तीय व्यवस्थापनको पारदर्शिता सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.