Alag Dhar

गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।चम्पादेवी–०६, ओखलढुङगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा, उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्नुहुँदै निवर्तमान सांसद खतिवडाले गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालसँग आइतबार विशेष भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने निर्वाचनमा जाने आधिकारिक निर्णय गरिसकेकाले मुलुकभर शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

यससँगै, हाल केही अराजक समूहहरूले घर–घर गएर धम्क्याउने, त्रास फैलाउने तथा अवाञ्छित गतिविधि गर्ने घटनाहरू बढ्दै गएकोबारे गम्भीर चासो व्यक्त गर्दै, त्यसप्रति गृह मन्त्रालयले तत्काल कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले यस्ता गतिविधिले जनताको मनोबल कमजोर पार्ने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले राज्य संयन्त्र सशक्त रूपमा परिचालन गर्न आग्रह गर्नुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.