Alag Dhar

बकैया गाउँपालिकामा नयाँ प्रशासनिक भवनको निर्माण

मकवानपुर । एउटै छानाबाट पालिकाको सेवाहरु उपलब्ध गराउने उद्देश्यले मकवानपुरको पूर्वी क्षेत्रमा रहेको एक गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सकेको छ । उक्त भवनको बुधबार उद्घाटन कार्यक्रम रहेको छ ।

जिल्लाकै जनसंख्या र भूगोलको हिसाबले ठूलो बकैया गाउँपालिकाको केन्द्र रहेको हात्तीसुँडेमा चार तले ३२ कोठे भवन निर्माण गरिएको छ । २०७९ असारदेखि निर्माण कार्य सुरु गरिएको थियो । पछिल्लो पटकको म्याद थप अनुसार ०८२ भदौ मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने थियो । उक्त समयमै निर्माण कार्यसकेर पालिकालाई भवन हस्तान्तरण गरिसकेको छ । तर ‘उद्घाटन गर्न बाँकी थियो बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने‘बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्दबहादुर बानियाँले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।’

आर्शिवाद सञ्जय सुवानी जेभी निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का लिएको थियो । करिब १२ कट्ठा जमिनमा ७ करोड ९५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । उक्त भवनमा पालिकाको कार्यालय र शाखाहरु सबै एउटै छानामुनि रहने छन्,’ पालिकाका अध्यक्ष लामिछानेले भने,‘यो पालिकाको ‘सिंहदरबार’नै हो ।’

बकैया गाउँपालिकाको कार्यालय अहिले हात्तीसुँडेमा नै छ । एक नाले भवनबाट पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ । मकवानपुरका १० वटा पालिकामध्ये मनहरी र इन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.