Alag Dhar

विद्युत प्रशारण लाइन निर्माणको अर्थमन्त्रीले शुभारम्भ गर्नुहुने

मकवानपुर । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलदेखि नेपाल–भारत सिमानासम्मको विद्युत प्रसारण लाइन निर्माणको शुभारम्भ आज हुँदैछ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिनआर थम्प्सनले संयुक्त रुपमा सुनवल –१३ सूर्यबस्तीमा रहेको न्यू बुटवल सबस्टेशनबाट प्रसारण निर्माणको आज दिउँसो शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

परियोजना अन्तर्गत सुनवलदेखि भारतको सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत नवलपरासीमा पर्ने ३३ किलोमिटर प्रसारणलाइनका लागि १ सय २ वटा टावर निर्माण हुनेछ ।

जसमध्ये सुनवल सूर्यबस्तीमा रहेको सबस्टेशनदेखि पाल्हीनन्दनसम्म कुल १८ दशमलव २ किलोमिटरमा ५४ वटा टावर निर्माण हुनेछ । जसको मुआब्जा वितरण अन्तिम चरणमा रहेको एमसीए नेपालले जनाएको छ । एमसीसी परियोजना अन्तर्गत नवलपरासीबाट प्रसारण लाइनको काम सुरु हुन लागेको हो ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.