२०८२ मंसिर १०, बुधबार ०८:२९
२०८२ मंसिर १०, बुधबार ०८:२९
मकवानपुर । सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ । २०७३ मा छथरजोपाटी गाउँपालिका–६, सिधुवामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा दुर्घटनास्थलमै हरिराज खेवा स्मृति पार्क बन्न लागेको हो । गत आर्थिक वर्षमा प्रदेश सरकार छथर जोरपाटी गाउँपालिका तथा स्थानीयको लागत साझेदारीमा करिब १२ लाख ३५ हजार रुपियाँको लागतमा दुई तले भ्यू पोइन्ट, रेलिङ, विश्रमालय निर्माण गरिएको हरिराज खेवा स्मृति पार्क निर्माण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु भएका १३ व्यक्तिको शालिक निर्माण गर्ने तयारी गरिएको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो…