Alag Dhar

मृतकको सम्झनामा दुर्घटना स्थलमा पार्क निर्माण

मकवानपुर । सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ ।

२०७३ मा छथरजोपाटी गाउँपालिका–६, सिधुवामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा दुर्घटनास्थलमै हरिराज खेवा स्मृति पार्क बन्न लागेको हो । गत आर्थिक वर्षमा प्रदेश सरकार छथर जोरपाटी गाउँपालिका तथा स्थानीयको लागत साझेदारीमा करिब १२ लाख ३५ हजार रुपियाँको लागतमा दुई तले भ्यू पोइन्ट, रेलिङ, विश्रमालय निर्माण गरिएको हरिराज खेवा स्मृति पार्क निर्माण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु भएका १३ व्यक्तिको शालिक निर्माण गर्ने तयारी गरिएको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो । सो पार्क पूरा गर्न यो वर्ष पालिकाले ६ लाख रुपियाँ छुट्याएको छ । सो क्षेत्रको वरपर रहेको अन्य स्थानमा समेत पार्क विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

२०७३ साउन १३ गते सङ्खुवासभाबाट धरानका लागि छुटेको बा। २ ख। ७३६६ नम्बरको बस सिधुवामा दुर्घटनाग्रस्त भएको थियो । सो क्रममा सात जनाको घटनास्थलमा र ६ जनाको धरानको बिपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.